आज: १५ बैशाख २०८२, सोमबार | Mon, 28, Apr, 2025

लायन्स क्लबबाट क्यान्सरको बिरामीको उपचारका लागि ५० हजार हस्तान्तरण

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार १६:१६ मा प्रकाशित (३ साल अघि) २४८ पाठक संख्या

पुष १२, काठमाडौं । लायन्स क्लब अफ काठमाडौं जर्नीले व्लड क्यान्सरका बिरामीको उपचारका लागि ५० हजार हस्तान्तरण गरेको छ ।

आइतबार गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीका १७ वर्षिय सुमन लामाको उपचारका लागि सो रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम लायन्स क्लब अफ काठमाडौं जर्नीका चार्टड प्रेसिडेण्ट रोजिना विष्ट (रोज)ले सिभिल हस्पिटलमा पुगेर बिरामीका फूपू शान्ति लामालाई हस्तान्तरण गरिन् ।
१७ वर्षिय सुमन लामाको उपचारका लागि सहयोग स्वरुप लायन्स क्लब अफ काठमाडौं जर्नीले आव्हान गरेको सहयोग जुटाउने अभियानमा ७५ हजार रुपैंया बराबरको सहयोगको प्रतिबद्धता आए पनि रु ५० हजार नगद उठेकोले सो रकम हस्तान्तरण गरिएको जर्नीका चार्टड प्रेसिडेण्ट रोजिना विष्ट (रोज)ले बताईन् । उनले अरु सहयोग रकम उठेपछि हस्तान्तरण गर्ने बताईन् ।

सहयोग रकम हस्तान्तरणका क्रममा लायन्स क्लब अफ काठमाडौं जर्नीका प्रसिडेण्ट विशाल भण्डारी, पत्रकार रोनी के.सी. (अमृता), विनोद ढकाल तथा रुथ तामाङ लगायतको उपस्थिती रहेको थियो ।