८ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ माकलबारी स्थित वनदेवि मार्गको ढलान कार्यको अनुगमन भएको छ ।
वडा अध्यक्ष मनोज कुमार ढुंगानाको पहलमा रु २० लाखमा बनेको वनदेवि मार्गको ढल तथा ढलान निर्माण कार्य वडा अध्यक्ष लगायतको टिमले अनुगमन गरेको छ ।
वडाको २० लाखको बजेटमा बन्दै गरेको वनदेवि मार्गको बाँकी खण्ड निर्माण भए पछि वनदेवि मार्गको वडा नं. ८ भित्र पर्ने सबै सो मार्गको निर्माणकार्य पुरा हुने वडा अध्यक्ष मनोज कुमार ढुंगानाले बताए ।