आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

गोकर्णेश्वरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ सम्मान तथा बिदाइ (फोटोफिचर)

गोकर्णेश्वर खबर८ पुष २०७८, बिहीबार १८:१५ मा प्रकाशित (३ साल अघि) २२९ पाठक संख्या

८ पुष, काठमाडौं । आज गोकर्णेश्वर नगरपालिकामा काम गरिरहेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
आज ३२ वर्ष सेवा अवधि नाघेका ९ जनालाई सम्मानसहित बिदाइ गरिएको हो र मरणोपरान्त एक  जनालाई सम्मान गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख चालिसे सहित उपप्रमुख शान्ति नेपाल, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, नगर प्रवक्ता मनोजकुमार ढुंगाना, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा अध्यक्षहरु, कर्मचारी, स्वास्थ्य स्वयं सेविकाको साथै नगर कार्यपालिकाका सदस्यहरूको उपस्थिति रहेको थियो ।