आज: ३ बैशाख २०८२, बुधबार | Wed, 16, Apr, 2025

माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा सरल,सचिवमा थिङ, नौ पदाधिकारीमा को-को निर्वाचित ?

गोकर्णेश्वर खबर६ पुष २०७८, मंगलवार ०८:२५ मा प्रकाशित (३ साल अघि) २२७ पाठक संख्या

काठमाडौं । सरल सहयात्री नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा निर्वाचित भएका छन्। सोमबार साँझ भएको निर्वाचनमा अर्का प्रत्यासी दिनानाथ गौतमलाई हराउँदै सहयात्री अध्यक्षमा विजयी भएका हुन्।

निर्वाचन समितिका अनुसार कुल खसेको २ सय ६१ भोटमध्ये उनले १६२ मत ल्याएका थिए भने गौतमले ८६ मत पाएका थिए।

त्यस्तै उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन्। सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन्। उनले १४९ मत ल्याए।

सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।

प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए। नौ पदका लागि २७ जनाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य डिबी तामाङले जानकारी दिए।