४ पुष, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ३५ जना सदस्यका लागि भएको पुरुष खुलातर्फको मत परिणाम सार्वजनिक भएको छ ।
मतगणनाको अन्तिम मतपरिणाम अनुसार डा. शशांक कोइरालाले सबैभन्दा धेरै ३८३६ मत ल्याएका छन् भनें कृष्णकिशोर घिमिरेले १७०७ मत सहित केन्द्रीय सदस्यमा ३५ औं नम्बरमा आफ्नो सिट सुरक्षित गरेका छन् ।
यसैगरी पत्रकार अजय बाबु शिवाकोटी १८११ मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी मतका आधारमा २९ औं स्थानमा रहेका छन् भनें युवा नेता गणेश लामा १७८२ मत सहित ३० औं स्थानमा रहेर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा शनिबारबाट सुरु भएको मतगणना आइतबार बेलुका सकिएको हो। कांग्रेसमा खुलातर्फ ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। ३५ पदका लागि ९९ जना प्रतिस्पर्धामा थिए।
हेर्नुहोस् केन्द्रीय सदस्यमा को-को कति मतले निर्वाचित भए ?
१. डा. शशांक कोइराला – ३८३६
२. एनपी साउद – २९३७
३. बालकृष्ण खाँण – २८७९
४. उदय शमशेर राणा – २८४३
५. रामहरी खतिवडा – २८३२
६. ज्ञानेन्द्र बहादुर कार्की – २८२०
७. रमेश लेखक – २७८०
८. शंकर भण्डारी – २७६८
९. जिपछिरिङ्ग लामा – २७०२
१०. अर्जुननरसिंह केसी – २६५०
११. जितजंग बस्नेत – २५५७
१२. गोपालमान श्रेष्ठ – २५३८
१३. मोहनबहादुर बस्नेत – २४७६
१४. सुनिलबहादुर थापा – २४७२
१५. नैनसिंह महर – २४६७
१६. दिलेन्द्र प्रसाद बडु – २४४१
१७ डा. रामशरण महत – २४३४
१८. बलबहादुर केसी – २३८८
१९. गोविन्द भट्टराई – २३५०
२०. कुन्दनराज काफ्ले – २२७९
२१. दीपक गिरी – २२६५
२२. सुरेन्द्रराज पाण्डे – २२०१
२३. पदमनारायण चौधरी – २०३८
२४. राजिव ढुंगाना – १८९६
२५. गुरु बराल – १८७०
२६. सञ्जयकुमार गौतम – १८६७
२७. गोविन्दराज पोखरेल – १८४३
२८. मदनबहादुर आमात्य – १८३०
२९. अजय बाबु शिवाकोटी – १८११
३०. गणेश लामा–१७८२
३१. दिनेश कोइराला – १७८१
३२. उमेशजंग रायमाझी –१७७६
३३. मोहन आचार्य – १७५१
३४. डा. गोपाल दहीत – १७१०
३५. कृष्णकिशोर घिमिरे – १७०७