आज: २६ फाल्गुन २०८१, सोमबार | Mon, 10, Mar, 2025

काँग्रेस मतगणना : युवानेता गणेश लामा लगायत अन्तिम ३५ को नामावलीसहित

गोकर्णेश्वर खबर४ पुष २०७८, आईतवार १७:४६ मा प्रकाशित (३ साल अघि) ३४१ पाठक संख्या

४ पुस, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएकाे चुनाव अन्तर्गत ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्य तर्फको मतगणना जारी रहेको छ ।

अहिलेसम्म झण्डै ३ हजार पाँच सय भन्दा बढी (३५९५ ) मतगणना हुँदा युवानेता गणेश लामा लगायत अन्तिम ३५ मा अटाएका छन् । यस्तै निर्माण व्यवसायी जीपछिरिङ लामा र मोहन आचार्य पनि अन्तिम ३५ मा अटाएका छन् ।

निर्वाचन समितिकाअनुसार शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रमेश लेखक, शंकर भण्डारी, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी, जीपछिरिङ लामा, गोपालमान श्रेष्ठ, जीतजंग बस्नेत, डा.रामशरण महत, नैनसिंह महर, सुनीलबहादुर थापा, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, दीपक गिरी, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्म नारायण चौधरी, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, दिनेश कोइराला, गणेश लामा, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गोपाल दहित किष्ण किशोर घिमिरे र मोहन आचार्य, अन्तिम ३५ मा अटाएका छन् ।