४ पुष, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् । आइतबार दिउँसो ४ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी. जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ ।
शुक्रबार भएको प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।
त्यसै अनुसार, प्रधानमन्त्रीले आजको बैठक बोलाएका हुन् । आजको बैठकमा एमसीसीको बारेमा समेत छलफल हुने विषय बाहिर आएपछि राजनीतिक रुपमा चासो समेत बढेको छ ।