आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

अस्थायी भए पनि मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउँछु : मन्त्री चौधरी

गोकर्णेश्वर खबर३ पुष २०७८, शनिबार २०:०८ मा प्रकाशित (२ साल अघि) ८६ पाठक संख्या

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने प्रतिवद्धता जनाएका छन् ।

गत असार–साउनमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको मुहान क्षेत्र पुरिएपछि काठमाडौंमा पानी आउन बन्द भएको थियो । गत चैतदेखि परीक्षणको रुपमा मेलम्चीको पानी काठमाडौं ल्याए पनि बाढीले आयोजनामा क्षति पुर्याएपछि आयोजना अनिश्चित भएको छ ।

शनिबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले अस्थायी रुपमा भए पनि मेलम्चीको पानी ल्याउने बताए । ‘‘।मेलम्ची खानेपानी स्थायी त होइन अस्थायी भएपनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाडौंबासीलाई खुवाउँछु भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ।

शुद्ध खानेपानी र सरसफाइलाई संविधानमा मौलिक हकको रुपमा राखेको उल्लेख गर्दै मन्त्री चौधरीले आफूले जसरी पनि मेलम्ची ल्याउने जिकिर गरेका हुन् ।

उनले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।