आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

३५ जना निर्वाचित गर्ने खुला केन्द्रीय सदस्यको मतगणना सानेपामा शुरु

गोकर्णेश्वर खबर३ पुष २०७८, शनिबार ११:५१ मा प्रकाशित (२ साल अघि) ३७१ पाठक संख्या

३ पुष, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुल्लातर्फबाट निर्वाचित हुने ३५ केन्द्रीय सदस्यको मत गणना शुरु भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार १०ः४५ बजेदेखि मत गणना शुरु भएको हो । ३५ जनाका लागि ९९ जना मैदानमा रहेका छन् ।

यसअघि केन्द्रीय पदाधिकारीको मतगणना सम्पन्न भईसकेको छ । मतगणना ढिलो भएकोमा सामाजिक सञ्जालमा निर्वाचन समितिको आलोचना बढिरहेको छ ।

केन्द्रीय सदस्यमा हेभिवेट नेताको भिडन्त 

आजदेखि कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवारहरको मतगणना भईरहेको छ । खुलातर्फ कांग्रेसका हेभिवेट उम्मेदवारसहित ९९ जना प्रतिस्पर्धामा रहेका छन् ।

डा शशांक कोइराला, एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, अर्जुननरसिंह केसी, बालकृष्ण खाण जस्ता नेताहरु सो पदका प्रतिस्पर्धी रहेका छन् । कांग्रेसका चर्चित केन्द्रीयस्तरका नेताहरुको मत परिणाम कस्तो आउला भन्ने आमचासो सामाजिक सञ्जाल, चियापसल र राजनीतिक बजारमा रहेको छ ।