आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

नेपालमा चिनियाँ हस्तक्षेप भएको भन्दै प्रदर्शन

गोकर्णेश्वर खबर३ पुष २०७८, शनिबार ११:४५ मा प्रकाशित (२ साल अघि) ११४ पाठक संख्या

३ पुस, काठमाडौं । नेपालमा चिनियाँ हस्तक्षेप विरुद्ध काठमाडौंमा प्रर्दशन गरिएको छ । नेपाल डेमोक्रेट युनियनले शुक्रबार संघीय संसद भवन अगाडि प्रदर्शन गरेको हो ।

चीनले नेपाल र अमेरिकाबीचको सम्बन्ध बिगार्न गुप्तचर परिचालन गरेको युनियनका प्रेसिडेन्ट सिद्धार्थ गौतमले दाबी गरेका छन् । उनले नेपालमा स्टेशन बनाएर परिचालित चिनियाँ गुप्तचरको चिनियाँ परिचय पत्र नम्बरसमेत सार्वजनिक गरेका छन् ।

युनियनले हुम्ला, रसुवा, दोलखा, मुस्ताङलगायतका जिल्लामा नेपाली भूमि मिचेको भन्दै सांसदहरुको ध्यानाकर्षणसमेत गराएको छ।

चीनले एमसीसीविरुद्ध गलत प्रचार गरेको, नेपालका दलहरुमा आन्तरिक झगडा लगाएकोसमेत युयिनको आरोप छ । भैरहवामा चिनियाँ झण्डा फहराएर चीनल नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको युनियनले आरोप लगाएको छ । (हाम्रा कुरा डट कमबाट)