३ पुष, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मधेशीतर्फ महेन्द्र यादव निर्वाचित भएका छन् ।
शुक्रबार सकिएको मतगणनामा रामकृष्ण यादवलाई पराजित गर्दै महेन्द्र निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार महेन्द्रले २३३० मत पाए भने रामकृष्णले १८२० मत ल्याए । यस्तै रञ्जित कर्णले ४७२ मत पाए । कुल मत ४६९७ खसेको थियो भने ७५ मत बदर भएको थियो ।
महेन्द्र यादव देउवा प्यानल र रामकृष्ण यादव शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।