आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

कांग्रेस पदाधिकारीमा देउवा पक्षका धेरै विजयी

गोकर्णेश्वर खबर२ पुष २०७८, शुक्रबार २०:०८ मा प्रकाशित (२ साल अघि) ४४४ पाठक संख्या

२ पुष, काठमाडौँ – नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत भएको चुनावी प्रतिश्पर्धामा पदाधिकारी तर्फको नतिजा अनुसार देउवा पक्षका धेरै विजयी भएका छन् । सह महामन्त्री पदमा ६ वटा आफ्नो पक्षमा पारेर सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । उपसभापति र महामन्त्रीमा भने मिश्रित परिणाम आएको छ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको सहमहामन्त्रीको अन्तिम मतपरिणाम अनुसार देउवा पक्षबाट महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए ।

सार्वजनिक मतपरिणाम अनुसार मधेसीतर्फ महेन्द्र यादव, मुश्लिमतर्फ फरमुल्ला मन्सुर, खस आर्यतर्फ किशोर राठौर, थारुतर्फ उमाकान्त चौधरी देउवा समूहबाट निर्वाचित भएका छन् ।

त्यसैगरी पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे कोइराला समुहबाट निर्वाचित भएका हुन् । ८ सहमहामन्त्रीमा देउवा पक्षले ६ वटा आफ्नो पक्षमा पारेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार १३ पदाधिकारी मध्ये ८ जना देउवा पक्षका भएका छन् । जसमा सभापति देउवा स्वयम्, उसभापति पूर्णबहादुर खड्का र अरु ६ जना सहमहामन्त्री हुन् ।