आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

खस आर्य, पिछडिएको क्षेत्र, मुस्लिम र थारु समूहका विजयी सहमहामन्त्री घोषणा

गोकर्णेश्वर खबर२ पुष २०७८, शुक्रबार १८:२८ मा प्रकाशित (२ साल अघि) १७४ पाठक संख्या

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको खस आर्यतर्फ, पिछडिएको क्षेत्रतफ, मुस्लिम समूहतर्फ र थारु समूहतर्फका विजयीहरुको घोषणा भएको छ ।

यसरी विजयी हुने सहमहामन्त्रीका उम्मेदवारहरुमा खस आर्यतर्फ किशोरसिंह राठौर, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, मुस्लिम समूहतर्फ फरमुल्लाह मन्सुर, थारु समूहततर्फ उमाकान्त चौधरी रहेका छन् ।

खस आर्यतर्फ किशोरसिंह राठौर 

खस आर्यतर्फ किशोरसिंह राठौरले २५ सय ७६ मत पाउँदा उनका प्रतिस्पर्धी देवराज चालिसे चालिसेले २ हजार ५९ मत ल्याए । राठौर संस्थापन पक्षका हुन् भने चालिसे डा. शेखर कोइराला पक्षका हुन् ।

पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे

पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डेले मुख्यमन्त्रीसमेत रहेका निकटतम प्रतिस्पर्धी जीवनबहादुर शाहीलाई हराए ।
पाण्डेले २४ सय ११ मत ल्याए । शाहीले २१ सय ३३ मत ल्याए । पाण्डेले २७८ मतको अन्तरसहित जित हासिल गरेका हुन् ।

पाण्डे डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका थिए । उनीसँग प्रतिस्पर्धामा शाही भने शेरबहादुर देउवा समूहबाट उम्मेदवार थिए ।

मुस्लिम समूहतर्फ फरमुल्लाह मन्सुर 

मुस्लिम समूहतर्फका फरमुल्लाह मन्सुर विजयी भएका छन् । उनले प्रतिस्पर्धी शेख वकिललाई पराजित गरेका हुन् ।
मन्सुरले २७ सय ७६ मत पाउँदा वकिलले १८ सय ७१ मत पाए । मन्सुर शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेका थिए भने वकिल डा. शेखर कोइराला समूहका उम्मेदवार हुन् ।

थारु समूहतर्फ उमाकान्त चौधरी विजयी 

सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयीले २७ सय ५६ मत ल्याए । उनी कांग्रेसको संस्थापन समूहबाट मैदानमा थिए ।
कांग्रेसको कृष्णप्रसाद सिटौला समूहका उनी शेरबहादुर देउवासँग चुनावी तालमेल भएपछि सहमहामन्त्रीका उम्मेदवार बन्न पाएका थिए ।

उनी खानेपानी मन्त्रीसमेत हुन् । उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १८ सय ७७ मत प्राप्त गरे । तेजुलाल डा. शेखर कोइरालाको समूहका उम्मेदवार हुन् ।