१ पुस, काठमाडौं । सुन्दरीजल आधारभुत विद्यालय मूलखर्कका विद्यार्थीहरुलाई आज शैक्षिक सामग्री वितरण गरिएको छ । ज्यांम्याङ टुल्कु रिम्पोछे र समाजसेवी याङ योञ्जनले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
काठमाडौं भित्रको दुर्गम क्षेत्र भनेर चिनिने मूलखर्कका आर्थिक रुपमा कमजोर विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुगोस् भनेर ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको समाजसेवी याङ योञ्जनले बताईन् ।
शैक्षिक सामग्री वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नानी वाईबाको पहलमा भएको योञ्जनले बताईन् ।