आज: २१ माघ २०८१, सोमबार | Mon, 03, Feb, 2025

डा.मीनेन्द्र रिजाल महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट राजिनामा

गोकर्णेश्वर खबर१ पुष २०७८, बिहीबार १६:३७ मा प्रकाशित (३ साल अघि) ४३८ पाठक संख्या

१ पौष, काठमाडौं । काँग्रेस महामन्त्री पदमा पराजित भएका डा.मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् ।

उनले काँग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् ।

शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार रहेका उनले ८०९ मत प्राप्त गर्दै पराजय भोगेका थिए । सबैबीच रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।