१ पुस, काठमाडौं । बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले भरतपुरमा आपतकालीन अवतरण गरेको छ । चितवनको भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको हो ।
जहाज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको २ मिनटमै पाइलटले कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेका थिए ।
आपतकालीन अवतरणका लागि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर जहाज अवतरण गरिएको थियो ।
१८ जना यात्रु चढेको जहाजका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।