आज: २१ माघ २०८१, सोमबार | Mon, 03, Feb, 2025

रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

गोकर्णेश्वर खबर१ पुष २०७८, बिहीबार १५:५८ मा प्रकाशित (३ साल अघि) ३९९ पाठक संख्या

१ पुस, काठमाडौं । रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक ट्विटरमा सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।

रिजालले ट्विटरमा लेखेका छन्, ’नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी 

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत भएको निर्वाचनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

मत गणनाको अन्तिम नतिजा अनुसार गगन थापाले ३०२३ मत र विश्व प्रकाश शर्माले १९८४ मत ल्याएर विजयी भएका हुन् ।

महामन्त्रीका अन्य उम्मेदवारहरु प्रकाशशरण महतले १५५०, प्रदिप पौडेलले १४०९, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।