आज: १६ फाल्गुन २०८१, शुक्रबार | Fri, 28, Feb, 2025

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

गोकर्णेश्वर खबर१ पुष २०७८, बिहीबार १५:३९ मा प्रकाशित (३ साल अघि) ६६९ पाठक संख्या

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत भएको निर्वाचनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

मत गणनाको अन्तिम नतिजा अनुसार गगन थापाले ३०२३ मत र विश्व प्रकाश शर्माले १९८४ मत ल्याएर विजयी भएका हुन् ।

महामन्त्रीका अन्य उम्मेदवारहरु प्रकाशशरण महतले १५५०, प्रदिप पौडेलले १४०९, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।