१ पुस, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टी नेकपा एमालेले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाएका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर रावलले प्रश्न गरेका छन् ।
रावलले सामाजिक सञ्जालमा रावलले लेखेका छन्– सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।
गत मंसिर २८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले वेल घेराउ गरेको थियो । एमालेको विरोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।