१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतगणना शुरु भएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्रीको मतगणनाको प्रारम्भिक ३०० मत गन्दाको परिणाम प्राप्त भएको छ ।
निर्वाचन समितिका अनुसार ३०० मत गन्दा गगन थापाले सर्वाधिक २०० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा १०४ मत ल्याएका छन् भने उनलाई उछिन्दै प्रदिप पौडेलले ११० मत प्राप्त गरेका छन् ।
यस्तै प्रकाशशरण महतले ९१ र मीनेन्द्र रिजालले ५५ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ५ मत ल्याएका छन् ।
महामन्त्रीका दुई सिटका लागि डा. प्रकाशशरण महत, प्रदीप पौडेल, गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्की उम्मेदवार छन् । महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् ।
शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार छन् ।