आज: २६ फाल्गुन २०८१, सोमबार | Mon, 10, Mar, 2025

एमालेले लगातार संसद् अवरोध गर्नु विवेकहीनताको पराकाष्ठा : नारायणकाजी

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार ११:४१ मा प्रकाशित (३ साल अघि) १२५ पाठक संख्या

२९ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)ले संसद् बैठक लगतार अवरुद्ध गर्नु विवेकहीनताको पराकाष्ठा भएको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै एमालेले अन्ध पार्टीगत स्वार्थ बोकेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको आरोप लगाएका छन् ।

“नेकपा (एमाले)ले संघीय संसद्को बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ,” उनले लेखेका छन्
एमालेले पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ ।