आज: २१ माघ २०८१, सोमबार | Mon, 03, Feb, 2025

ओलीले संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दूस्प्रयास गरेको पौडेलको आरोप

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार ११:१८ मा प्रकाशित (३ साल अघि) ८६ पाठक संख्या

२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दूस्प्रयास गरेको आरोप लगाएका छन् ।

उनले हिजोबाट शुरु भएको संसद्को अधिवेशन सञ्चालनमा एमालेको अवरोधलाई देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयासको रुपमा अथ्र्याएका छन् ।

पौडेलले सामाजिक सञ्जालमा भनेका छन्– ‘६ महिनाको समयमा दुई–दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् ।’

उनले सरकारलाई लोकतान्त्रिक प्रक्रियालाई गति दिन आग्रह गर्दै भनेका छन्– ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामू समर्पण गरेको ठहरिनेछ’ उनले भनेका छन्, ‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आमनागरिकको ध्यानाकर्षण गर्दछु ।’