२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति तर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ ।
अहिलेसम्मको मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता बनाएका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । २००० मत गन्दा शेर बहादुर देउवाले ११६३ मत ल्याएका छन् भने डा. शेखर कोइरालाले ८१६ मत पाएका छन् ।