आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

प्रकाशमान सिंहले भने- ‘मैले देउवालाई निःशर्त समर्थन गरेको हुँ’

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार २१:०६ मा प्रकाशित (२ साल अघि) ३८२ पाठक संख्या

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यममा आफूले पदको लागि देउवालाई समर्थन गरेको भनी प्रकाशित समाचारमा कुनै सत्यता नभएको उनले दावी गरेका छन् ।

‘नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निःसर्त समर्थन गरेको हुँ । निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ सिंहले भनेका छन् ।

सिंहले भनेका छन् – ‘मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँ (देउवा) लाई समर्थन गरेको हुँ  ।’

दोश्रो चरणको चुनावमा देउवालाई समर्थन गर्ने घोषणा गरेपछि उनी उपप्रधानमन्त्री बन्न लागेका समाचार सार्वजनिक भए पछि उनले त्यस्ता समाचारमा कुनै सत्यता नभएको दावी गरेका छन् ।

सिंहले कुनै पदका लागि नभइ देउवाले कार्यशैली सुधार गरेर अघि बढ्छु भनेपछि समर्थन गरेको दावी गरेका छन् ।