आज: २१ माघ २०८१, सोमबार | Mon, 03, Feb, 2025

सभापतिको मतगणना राति १० बजेदेखि

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार २०:५१ मा प्रकाशित (३ साल अघि) १८१ पाठक संख्या

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भएको दोश्रो चरणको निर्वाचनको मतगणना राति १० बजेदेखि हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार राति १० बजेदेखि मतगणना शुरु हुनेछ । आज राति अबेरसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

अहिले कांग्रेसको दोस्रो चरणमा सभापतिका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भईरहेको छ ।