आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

बैठक शुरु हुनेवित्तिकै संसदमा एमालेको नाराबाजी

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार १४:३२ मा प्रकाशित (२ साल अघि) ३४३ पाठक संख्या

२८ मंसिर, काठमाडौं । नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध गरेको छ । आजको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गर्ने कार्यसूची छ ।

अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।

एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् ।