२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदान साढे ३ बजे शुरु हुँदैछ ।
निर्वाचन हुनु अगाडी पत्रकार सम्मेलन गर्दै कोइरालाले आफ्नो विवेक प्रयोग गर्न आग्रह गर्दै भनें ‘आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’