२८ मंसिर, काठमाडौं । पहिलो चरणको चुनावमा कसैले ५० प्रतिसत मत ल्याउन नसके पछि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।
पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । ५ जना उम्मेदवारमा कसैले पनि ५० प्रतिसत मत नल्याए पछि बढी मत ल्याउने दुई उम्मेदवारहरु शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।
पहिलो चरणमा ३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् ।
सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ । निधीले प्रकाशमानसँग छलफल गरी निर्णय लिने भनेकोले निधिले पनि देउवालाई सहयोग गर्न सक्ने संभावना रहेको छ ।