आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

अब के लर्गान् सिंह, निधि र गुरुङले ?

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार ०९:५७ मा प्रकाशित (२ साल अघि) १८७ पाठक संख्या

मंसिर २८, काठमाडौं । कांग्रेस सभापति चयनका लागि चुनाव दोस्रो चरणमा प्रवेश गरेपछि प्रतिश्पर्धा अझ रोचक हुने भएको छ । अब पहिलो चरणबाट बाहिरिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले कस्लाई समर्थन गर्लान् भन्ने चासोपूर्वक हेरिएको छ ।

पहिलो चरणमा कसैको ५० प्रतिशत मत सहित स्पष्ट बहुमत नआए पछि पहिलो चरणबाटै बाहिरिएका सिंह, निधि र गुरुङले कस्लाई सहयोग गर्लान् भन्ने अड्कलबाजी शुरु भएको छ भनें प्रधानमन्त्री देउवा बहुमत बाट ८२ मत टाढा रहेको सन्दर्भमा उनका विश्वास पात्र गृहमन्त्री बालकृष्ण खाँण प्रकाशमान सिंहलाई भेट्न चाक्सिबारी गएको प्रसंगले राजनीतिक बजार तातिसकेको छ ।

देउवालाई ३७१ मत ल्याएका सिंहले साथ दिए भनें सजिलै बहुमत ल्याउन सजिलो हुनेछ । पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९ मत पाएका छन् । देउवा र कोइरालाका बीच ५२९ को मतान्तर छ ।

जबकि सिंहले ३७१, निधिले २४९ र गुरुङले २० मत प्राप्त गरेका छन् । सिंह, निधि र गुरुङको मत जोड्दा ६४० मत हुन्छ । जबकि जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब छ सय मत आवश्यक पर्छ ।

अहिले सबैको ध्यान देउवा पक्षले कसरी बहुमत जुटाउन पहल गर्छ र देउवा इतर पक्ष दोश्रो चरणका लागि एकताबद्ध भएर अगाडी बढ्छ कि बढ्दैन ? भन्नेमा टिकेको छ ।