आज: २७ फाल्गुन २०८१, मंगलवार | Tue, 11, Mar, 2025

देउवालाई सघाउन प्रस्ताव लिएर चाक्सीबारी पुगे बालकृष्ण खाण

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार ०९:३७ मा प्रकाशित (३ साल अघि) ६५८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ।

दोस्रो चरणको चुनावका लागि शेरबहादुर देउवा र शेखर कोइराला भिड्दैछन्।

उनीहरू दुबै जनाले चुनाव जित्नका लागि तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग सहकार्य गर्नुपर्ने हुन्छ।

कोइराला र सिंह यसअघि नै देउवाइतर समूहमा थिए भने निधि केही महिनाअघि मात्रै देउवासँग छुट्टिएका हुन्।

दोस्रो चरणको मतदान हुने भएपछि देउवानिकट नेता एंव गृहमन्त्री बालकृष्ण खाण मंगलबार बिहान नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारीमा पुगेका छन्।

खाणले सिंहसँग देउवालाई सघाउने प्रस्ताव राखेका छन् भने सिंहले आफ्नो समूहमा छलफल गरेरमात्रै कसलाई सघाउने भन्ने निर्णय गर्ने जवाफ दिएका छन्।