आज: २१ माघ २०८१, सोमबार | Mon, 03, Feb, 2025

सभापतिमा निर्वाचित हुन देउवालाई ८२ मत पुगेन,चुनाव दोस्रो चरणमा

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार ०९:०५ मा प्रकाशित (३ साल अघि) १३१ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।