आज: २१ माघ २०८१, सोमबार | Mon, 03, Feb, 2025

कांग्रेस महाधिवेशन : मतपत्र छाप्न ढिलो हुँदा मतदान अझै सुरू भएन,समयमा नै मतदान सुरु नहुँदा मतदाता निराश

गोकर्णेश्वर खबर२७ मंसिर २०७८, सोमबार ०९:५९ मा प्रकाशित (३ साल अघि) २३० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन्। मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ।

प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन्। मतपत्र छाप्न ढिला हुँदा सममै मतदान सुरू हुन नसकेको निर्वाचन समितिले जनाएको छ।

मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ

लाइनमा उभिएका मतदातासँग उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । मतदानस्थल भृकुटीमण्डपको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिनिधि मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन्। मतदानस्थलमा प्रतिनिधिहरु आउनेक्रम जारी रहेको छ। १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिएको छ।

महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। सात घण्टाभित्र मतदान सकिने घिमिरेको अनुमान छ।

राष्ट्रियसभा गृह र भृकुटीमण्डपका दुई स्थानमा मतदान हुँदै छ। प्रत्येक ठाउँमा विभिन्न तहका २९ वटा मतपत्र र २९ वटा बाक्सा हुनेछन्।