आज: २१ माघ २०८१, सोमबार | Mon, 03, Feb, 2025

काँग्रेस महाधिवेशन : आज मतदान हुँदै, मतदान सुरु हुन ढिलाइ

गोकर्णेश्वर खबर२७ मंसिर २०७८, सोमबार ०९:२३ मा प्रकाशित (३ साल अघि) ५८३ पाठक संख्या

मंसिर २७, काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी भएको जानकारी दिए पनि अहिले सम्म मतदान शुरु हुन सकेको छैन ।

अहिले मतदाताहरु मत दिन लाइनमा बसेका छन् भनें उम्मेदवारहरु मत माग्दै गरेको देखिएको छ । अहिले भृकुटीमण्डप क्षेत्रमा चहलपहल बढेको छ । मतदान स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भइसकेकाले अब १३२ पदका लागि मतदान हुनेछ ।