आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

कांग्रेस नेतृ अम्बिका बस्नेतबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

गोकर्णेश्वर खबर२५ मंसिर २०७८, शनिबार २१:०८ मा प्रकाशित (२ साल अघि) २०१ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनु भएको छ ।

बस्नेतले आज राष्ट्रिय सभागृह पुगेर खुल्ला महिला तर्फबाट केन्द्रिय सदस्यमा मनोनयन दर्ता गर्नु भएको हो । कांग्रेसको प्रभावशाली महिला नेतृ समेत रहनु भएका बस्नेत पूर्व सहकारी तथा गरिवी निवारण मन्त्री पनि हुनुहुन्छ ।

उहाँले कांग्रेसलाई समावेशी बनाउँदै पार्टीलाई संगठनात्मक र राजनीतिक रुपमा बलियो बनाउन तथा नेतृत्व तहमा पुगेर देश र जनताको सेवा गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको गोकर्णेश्वर खबरलाई बताउनु भयो ।