आज: २१ माघ २०८१, सोमबार | Mon, 03, Feb, 2025

अमृत बोहोरा एमाले केन्द्रीय सल्लाहकार परिषद्‌को अध्यक्षमा चयन

गोकर्णेश्वर खबर२५ मंसिर २०७८, शनिबार १९:३८ मा प्रकाशित (३ साल अघि) ३८३ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अमृतकुमार बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्‌को अध्यक्ष चयन गरेको छ।

एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार परिषद अध्यक्ष चयन गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

भक्तपुरमा सुरू भएको बैठक जारी छ। बैठकमा १५ वटा एजेण्डामाथि छलफल सुरू भएको छ।

बैठकले चितवनमा शपथ लिन बाँकी सदस्यको शपथग्रहण र १०औं महाधिवेशनको सामान्य समीक्षा गर्ने कार्यक्रम रहेको छ।