काठमाडौं । बिमलेन्द्र निधिले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमार्फत सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
‘मैले सभापतिमा उम्मेदवारी दर्ता गरेर आएको छु । मलाई जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु,’ निधिले भने ।
निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उनले प्यानल नै खडा गरेका भने छैनन् ।
साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय तोकिएको छ।
अहिलेसम्म शेखर कोइराला, कल्याण गुरूङ र प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्।