काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनबाट सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी महाधिवेशनको उद्घाटन समारोहमा उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न र सम्भव नभए प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने बताए ।
‘सकिन्छ भने निर्विरोध र सर्वसम्मत नेतृत्व चयन गरौं, सकिँदैन भने प्रतिस्पर्धाबाट गरौ, म पनि (उम्मेदवार) छु’ उनले भने, ‘लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने नेपाली कांग्रेस एकमात्र हो ।’
महाधिवेशन सम्पन्न भएपछि पार्टी निर्वाचनमा केन्द्रित हुनुपर्ने उपसभापति निधिले बताए । आगामी निर्वाचनपछि तीनै तहमा नेपाली कांग्रेसको एकमात्र सरकार बनाउनुपर्ने पनि उनको भनाइ छ ।