आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

२५ गते लायन्स क्लब अफ काठमाडौं जर्नीले रक्तदान कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर२३ मंसिर २०७८, बिहीबार १०:४० मा प्रकाशित (३ साल अघि) १७१ पाठक संख्या

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं जर्नीले रक्तदान कार्यक्रम गर्ने भएको छ ।

जर्नीले ब्लिंक फिटनेस तथा सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा रक्तदान कार्यक्रम गर्न लागेको जर्नीका पाष्ट प्रेसिडेण्ट रोजिना विष्ट (रोज)ले बताईन् ।

रक्तदान कार्यक्रम मंसिर २५ गते अत्तरखेलस्थित बिगमार्टमा हुनेछ । रक्तदान विहान ८ः३० बजे देखि मध्यान्ह १२ः०० बजेसम्म हुने आयोजकले बताएका छन् ।