आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

कागेश्वरीका विपन्न वर्गलाई फिड द हङ्ग्री नेपालद्वारा राहत वितरण

गोकर्णेश्वर खबर२३ मंसिर २०७८, बिहीबार ०९:२६ मा प्रकाशित (३ साल अघि) २४४ पाठक संख्या

काठमाडौँ । फिड द हङ्ग्री नेपालले कोभिड १९ विपद व्यवस्थापनका लागि पिडित तथा बिपन्न बर्गमा राहत वितरण गरेको छ ।

मंगलबार फिड द हङ्ग्री नेपालका कोषाध्यक्ष प्रज्वल न्यौपानेको पहलमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १को सुनार बस्ती र गागलको तामाङ गाउँमा करिब १४० घर धुरीलाइ आवश्यक खाद्यान्न एक बोरा चामल नुन दाल लगायतको सामग्री प्रदान गरिएको हो ।

युवाहरुवाट संचालित फिड द हङ्ग्री नेपाल संस्थाले हालसम्ममा २४ वटा जिल्लामा ८०,००० भन्दा बढी कोभिड­१९ पिडित तथा विपन्न वर्गलाई अतिआवश्यक खाद्यन्न, स्वस्थ र शैक्षिक सामाग्री वितरण तथा उक्त क्षेत्रमा सेवा लिनमा सहजिकरण गर्दै आएको छ।

युवाहरुको संलग्नता एवं नेतृत्वमा मानव तथा समाजिक सेवाको क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै जाने संस्थाका अध्यक्ष सागर सुवेदीले प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा सामाजिक अभियन्ता कृष्ण बहादुर थापा र भुवन कुमार थापा लगायत स्थानीयको सहभागिता रहेको थियो।