आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

शान्ति समाजद्धारा महिला हिंसा अन्त्यका लागि हाम्रो अभियान बिषयक अन्तक्रिया

गोकर्णेश्वर खबर२३ मंसिर २०७८, बिहीबार ०९:१० मा प्रकाशित (३ साल अघि) ७३० पाठक संख्या

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले महिला हिंसा बिरुद्ध १६ दिने अभियानका अवसरमा मंगलबार (मंसिर २१ गते) महिला हिंसा अन्त्यका लागि हाम्रो अभियान बिषयक अन्तक्रिया कार्यक्रम गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रममा सेलिब्रेशन कोएडका संस्थापक महेन्द्र भट्टराई,शान्ति समाजका पूर्व केन्द्रिय सभापति उत्तम पुडासैनी, अखिल नेपाल महिला संघ समाजबादीका काठमाडौं जिल्ला सचिव सरस्वती नेपाल, राष्टिय किशान आयोगका प्रबक्ता जिवन्ती पौडेल, शान्ति समाजका केन्द्रिय महासचिव रामकृष्ण बराल, जिल्ला सभापति भगवान पुडासैनी, समून्नत महिला मन्चका केन्द्रिय सदस्य सबिना श्रेष्ठ र शान्ति समाजका जिल्ला सदस्य रोजिना बिष्ट समेतले महिला हिंसा अन्त्यका लागि सामूहिक प्रयासको खाँचो रहने बिषयमा चर्चा गरेका थिए ।

शान्ति समाज काठमाडौं जिल्ला सभापति माया भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको संयोजन सचिव प्रमोद फुँयालले गरेका थिए।