आज: १७ फाल्गुन २०८१, शनिबार | Sat, 01, Mar, 2025

२८ गते संसद भवन घेराउ गर्ने तयारी

गोकर्णेश्वर खबर२३ मंसिर २०७८, बिहीबार ०८:३४ मा प्रकाशित (३ साल अघि) ६४८ पाठक संख्या

काठमाडौँ– यही मंसिर २८ गते बस्ने संसद बैठकमा एमसीसी अनुमोदनको तयारी भएको भन्दै ६ दलीय गठबन्धनले सो दिन संसद भवन घेराउ गर्ने तयारी गरेको छ । २८ गतेका लागि संसदको अधिवेशन आह्वान गरिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा रहेको ६ दलीय गठबन्धनको बुधबार बसेको बैठकले संसद भवन घेराउ गर्ने निर्णय गरेको हो । गठबन्धनले २७ गते एमसीए नेपालको कार्यालय घेराउ गर्ने कार्यक्रम पनि तय गरेको छ ।