आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

पौडेल समूहले आज पनि सभापतिको उम्मेदवार टुंगो लगाउन सकेन्,भोली केन्द्रीय सदस्यहरुले विकल्प दिने

गोकर्णेश्वर खबर२२ मंसिर २०७८, बुधबार १९:०६ मा प्रकाशित (२ साल अघि) ३७२ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवारबारे बुधबार पनि सहमति जुट्न सकेन । अब भोलि आकांक्षीहरु बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने र विकल्प सुझाउने नेताहरुले बताएका छन् ।

१४औं महाधिवेशन पर्सि २४ गतेदेखि शुरु हुनेछ । तर पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

महामन्त्री डा. शशांक कोइरालाले तीन नेताबीच सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् भने वरिष्ठ नेता पौडेलले आकांक्षीद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफूले पनि स्वीकार गर्ने बताएका छन् । नभएको अवस्थामा आफ्नो नेतृत्वमा सहमति हुनुपर्ने उनको बुझाइ छ ।

तर सिंह र कोइराला सभापतिको दाबी छाड्न तयार छैनन् । बुधबार भएको छलफलमा पनि सिंहले आफ्नो नेतृत्वमा सहमति हुनुपर्ने तर्क गरेका थिए । अरुले भने सहमति खोजौं भनेको केन्द्रस्य सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार अब भोलि सभापतिका आकांक्षी चार नेता बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने छ र सहमतिका विकल्पहरु नेताहरुलाई सुझाउने छ । नेता घिमिरेले भने, ‘एकदुई घण्ट छलफल गछौं र आएर संगै बस्छौं र एउटा टुंगोमा पुग्छौं ।’