आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

भारतीय पूर्वसेना प्रमुख रावत सवार हेलिकप्टर दुर्घटना : १३ जनाको मृत्यु

गोकर्णेश्वर खबर२२ मंसिर २०७८, बुधबार १८:५२ मा प्रकाशित (३ साल अघि) ७५३ पाठक संख्या

नयाँदिल्ली । बुधबार भारतीय वायु सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

भारतीय सेनाका पूर्वप्रमुख विपिन रावत चढेको हेलिकप्टर तमिलनाडु राज्यको कुनुरमा दुर्घटना भएको थियो।

प्रेस ट्रस्ट अफ इन्डियाले हेलिकप्टरमा सवार १४ मध्ये १३ जनाको मृत्यु भएको बताएको छ। दुर्घटनापछि हेलिकप्टरमा आगो लागेकाले शवहरू पहिचान गर्न कठिन भएको छ। उनीहरूको डिएनए परीक्षणबाट पहिचान गरिने समाचारमा जनाइएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाइएको छ।

रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्। रावत अहिले भारतको चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए।