आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

भीष्मराजले गरे कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा

गोकर्णेश्वर खबर२१ मंसिर २०७८, मंगलवार १२:५२ मा प्रकाशित (२ साल अघि) ४१८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आदिवासीरजनजातितर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसले यस पटकदेखि समावेशी समूह अन्तर्गत आठ सहमहामन्त्रीको व्यवस्था गरेको छ । कांग्रेसको विधानले गरेको नयाँ व्यवस्थाअनुसार खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १/१ जना सहमहामन्त्री चुनिनेछन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता आङ्देम्बेले पार्टीलाई चलायमान बनाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताए ।