आज: १७ फाल्गुन २०८१, शनिबार | Sat, 01, Mar, 2025

प्रकाशमान सिंहले सुरु गरे महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय

गोकर्णेश्वर खबर२१ मंसिर २०७८, मंगलवार ११:५८ मा प्रकाशित (३ साल अघि) ४६४ पाठक संख्या

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् ।

महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तालाई भेट गर्नका लागि सिहंदरबारको मूल गेट अगाडि रहेको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय सुरु गरिएको सिंहमा प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए।

उद्घाटन कार्यक्रममा काठमाडौँ कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर सभापति जितेन्द्र श्रेष्ठ नेता सिंहको दायाँ-बायाँ राखेर थिए । साथमा कांग्रेस केन्द्रीय सदस्य राजन केसी र काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलगायतको उपस्थिति थियो ।

नेता सिंहले अब कार्यालयमा नेता तथा कार्यकर्तालाई भेटघाट गर्नेछन् । कांग्रेसको संस्थापन इतरमा साझा सभापतिको घोषणा गर्ने तयारी भइरहेका बेला सिंहले सम्पर्क कार्यालय खोल्नुलाई अर्थपूर्ण मानिएको छ । सभापतिका लागि कति तयारी गरेको भन्ने यहीँबाट बुझ्नुपर्ने नेता सिंहले बताए ।