आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

कोरोना भाइरस ओमिक्रोन: नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित भेटिएको पुष्टि

गोकर्णेश्वर खबर२० मंसिर २०७८, सोमबार १४:१९ मा प्रकाशित (२ साल अघि) १५७ पाठक संख्या

काठमाडौँ – नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्टका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै नेपालमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।