आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

राप्रपाको मतदान सुरु (फोटो फिचर )

गोकर्णेश्वर खबर१८ मंसिर २०७८, शनिबार १२:४९ मा प्रकाशित (३ साल अघि) १७८ पाठक संख्या

काठमाडौँ— नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा मतदान शुरु भएको छ ।

अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । मतदान काजगी मतपत्र र इलेक्ट्रोनिक भेटिङ मेसिन(इभिएम) दुवैको प्रयोग गरेर गर्न लागिएको छ ।

महाधिवेशनमा अध्यक्षको चुनावमा काजगी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको निर्वाचन भने इभिएमबाट हुनेछ ।

नेतृत्वका लागि फरकफरक प्यानल बनाएर थापा र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । एक महिलासहित ४ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

खुला उपाध्यक्ष जगत गौचन, दिलविकास राजभण्डारी, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बुद्धिमान तामाङ, रामचन्द्र राय यादव रहेका छन् । त्यसैगरी महिला उपाध्यक्षमा दुर्गा श्रेष्ठ, रोशन कार्की र लिलादेवी श्रेष्ठ रहेका छन् ।

त्यसैगरी महामन्त्री खुलामा धवलशम्शेर राणा, भाष्कर भद्रा, भुवन पाठक, श्यामप्रसाद तिमल्सेना र महिला महामन्त्रीमा कुन्ती शाही र रेखा थापा उम्मेदवार रहेका छन् ।

आदिवासी जनजातितर्फ १४ पदका लागि ३० जना उम्मेदवारी परेको छ । मुस्लिम ३ पदाका लागि ८ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी महिला खुला ४७ पदका लागि ७२ जनाको उम्मेदवारी परेको छ । ११ मधेशी केन्द्रीय सदस्यमा २० जनाको उम्मेदवारी परेको छ । प्रवास २ सदस्यका लागि ४ जना, उत्पीडित ३ पदका लागि १० जनाको उम्मेदवारी परेको छ । कर्णाली तथा पिछडिएको क्षेत्रमा २ केन्द्रिय सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ ।