काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि बन्द भएको छ । बाक्लो हुस्सु लागेका कारण बिमानस्थल बन्द भएको हो ।
बाक्लो हुस्सु लागेकोले काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कुनै पनि जहाज उडान र अवतरण नभएको विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
उनका अनुसार विदेशबाट आएका जहाजहरु पनि आकाशमै ‘होल्ड’ छन् । विमानस्थ्ल नखुल्दा सयौं यात्रुहरु गन्तव्यतर्फ लाग्न नपाएर विमानस्थलमा अलपत्र परेका छन् ।