आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

एमाले महाधिवेशन : बिहान ४ बजेबाट मतदान जारी

गोकर्णेश्वर खबर१४ मंसिर २०७८, मंगलवार ०७:४२ मा प्रकाशित (२ साल अघि) २५४ पाठक संख्या

चितवन – नेकपा (एमाले) को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सौराहामा आज ९मंगलबार० बिहानबाट मतदान जारी छ ।

राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको हो । पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । उनी अध्यक्षका उम्मेदवार हुन् । ओलीसँग उपाध्यक्ष भीम रावल चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षका उम्मेदवार रालव लगायतका नेताहरूले सुरूवातमा मतदान गरेका थिए । यसअघिको कार्यतालिका अनुसार बिहान ८ बजेसम्म मतदान हुनेछ ।

एमालेमा अध्यक्ष तथा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सात जना प्रतिस्पर्धामा छन् । सात सचिव पदमा ९ जनाको उम्मेदवारी परेको छ। ७ क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको हो । एमालेको १०औँ महाधिवेशन १० मंसिरदेखि जारी छ ।