आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

गोकर्णेश्वर ९ आरुबारीमा एक दिने निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न

गोकर्णेश्वर खबर१२ कार्तिक २०७८, शुक्रबार १०:२४ मा प्रकाशित (३ साल अघि) ३४५ पाठक संख्या

काठमाडौं, कात्तिक १२। गोकर्णेश्वर नगरपालिकाले वडा नं ९ मा एक दिने निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक बर्ष २०७८र ७९को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बिहिबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ को कार्यालय भवन आरुबारीमा संचालन भएको थियो ।

उक्त स्वास्थ्य शिबिरमा नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य वडा अध्यक्ष राजिब थापा, कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय,वडा सदस्यहरु स्वास्थ्यकर्मीहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।